निर्वाचनपछि एकताको अपिल
एजेन्सी, २५ कार्तिक । ४५ औं राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पको निर्वाचन भएसंगै बढेको शंका र चिन्ताका माझ अमेरिकाका नेताहरुले राष्ट्रिय एकताका निम्ति आह्वान गरेका छन् ।
लामो र तिक्ततापूर्ण चुनावी अभियानपश्चात आश्चर्यजनक ठानिएको नतिजासंगै राजनीतिमा यसअघि अनुभव नभएका डोनाल्ड ट्रम्प निर्वा्चित भएपछि त्यहाँको समाजमा विभाजन फराकिलो हुने चिन्ता सम्बोधन गर्ने प्रयासमा नेताहरुले त्यस्तो आह्वान गरेका हुन् ।
राष्ट्रपतिमा निर्वा्चित डोनाल्ड ट्रम्प, उनकी प्रतिद्वन्द्वी हिलरी क्लिन्टन र राष्ट्रपति बराक ओबामाले चुनावको परिणामपछि सबैलाई एकताबद्ध हुन अपिल गरेका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
