आज किराँत गुरु फाल्गुनन्दको जन्मजयन्ति मुलुकभर मनाईदै

भक्तपुर न्यूज

२५ कार्तिक २०७३ ४:३७

आज किराँत गुरु फाल्गुनन्दको जन्मजयन्ति मुलुकभर मनाईदै

काठमाण्डौं, २५ कार्तिक । किराँत धर्म गुरु फाल्गुनन्दको १ सय ३२ औं जन्मजयन्ती किराँत धर्मावलम्बीहरुले आज देशैभर विविध कार्यक्रम गरी मनाउँदैछन् । किराँतहरुका गुरु फाल्गुनान्द लिङ्गदेनको सम्झनामा आज नेपालभरि विभिन्न कार्यक्रमहरु र साँस्कृतिक प्रदर्शनी गरेर फाल्गुनान्द जयन्ति मनाउने गरिन्छ ।
बाबु जगनबाज लिम्बु लिङदेन र आमा हंसमती लिम्बुको कोखबाट विक्रम सम्वत १९४२ साल कात्तिक २५ गते इलामको चुक्चिनाम्बामा फाल्गुनन्दको जन्म भएको थियो ।
सन् १९४२ मा पूर्वी नेपालको ईलाममा जन्मिनुभएका गुरु फाल्गुनान्द सँग अदभुत र चाकत्कारीक गुण रहेको विश्वाश गरिन्छ । । वि. सं. २००५ सालमा उनको देहान्त भएपछि किराँत संघ संस्थाहरूले हरेक वर्ष कार्तिक २५ गते फाल्गुनन्द जन्म जयन्ती मनाउदै आएका छन् । उनलाई नेपाल सरकारले २०६६ सालमंसिर १६ गते राष्ट्रिय विभुती घोषणा गरेको थियो ।
पूर्विनेपालका विभिन्न ठाँउमा किरातहरुको मगंहिम मन्दिरको स्थापना, किराँत समुदायलाई विकासको मुलधारमा ल्याउन, सामाजिक, आर्थिक र सास्कृतीक रुपमा अझ प्रगाढ वनाँउन अनि शिक्षाको प्रार्दुभावगर्नमा गुरु फाल्गुनान्दको भुमिका अतुलनीय रहेको छ ।
फाल्गुनन्द आफ्नो जीवनको अन्तिम पलसम्म किराँत धर्म संस्कार संस्कृतिको उत्थान संरक्षणका निमित्त लागिरहे । सामाजिक अभियन्ता तथा अध्यात्मिक चिन्तनका गुरु फाल्गुनान्दको अहिंसाका सिद्धान्तहरु अहिले पनि सान्दर्भिक छन् ।
नेपालमा मात्र नभइ भुटान, भारत लगायतका मुलुकमा रहेका किराँत समुदायले आजको दिन फाल्गुनान्द जयन्ति मनाउने गर्दछन् । सरकारले किरात धर्ममालम्बी कर्मचारीलाई विदा दिने गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *