संविधान कार्यान्वयनका लागि दलहरु एक हुनुपर्ने : प्रकाशमान

भक्तपुर न्यूज

२४ कार्तिक २०७३ ७:०५

संविधान कार्यान्वयनका लागि दलहरु एक हुनुपर्ने : प्रकाशमान

काठमाडौं, २४ कार्तिक । वि.सं २०४६ सालका जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको सालिकमा आज माल्यार्पण गरियो ।
गणेशमान सिंह स्मृति प्रतिष्ठानको आयोजनामा सिंहको १०१ औँ जन्मजयन्तीका अवसरमा आज शोभाभगवतीमा रहेको सिंहको सालिकमा माल्यार्पण गरिएको हो ।
सो अवसरमा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले स्व सिंहको त्याग र निष्ठाका कारण मुलुकको संविधान निर्माण हुन सकेको र अब त्यसको कार्यान्वयनका लागि दलहरु एक हुनुपर्ने बताउनुभयो ।
उहाँले काँग्रेसको नेतृत्वमा संविधान बने जस्तै त्यसको कार्यान्वयनको नेतृत्व पनि काँग्रेसले नै गर्नुपर्ने विचार प्रकट गर्नुभयो ।
उहाँले अंगीकृत नागरिक संवैधानिक सर्वोच्च पदमा बस्न मिल्ने नमिल्ने भन्ने कुरा हाम्रो संविधानले प्रस्ट पारेको छ भन्दै संविधानमा जे व्यवस्था छ त्यहीअनुसार जानुपर्ने बताउनुभयो ।
कार्यक्रममा उद्योगमन्त्री नविन्द्रराज जोशी, सांसद राजेन्द्रकुमार केसी, ध्यानगोविन्द रञ्जित लगायतका कांग्रेसी नेताको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *