गणेशमानको आज १०१ औं जन्मजयन्ती
काठमाडौं, २४ कार्तिक । नेपाली प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष गणेशमान सिंहको आज १०१ औं जन्मजयन्ती, नेपाली कांग्रेस र भ्रातृ संगठनले विभिन्न कार्यक्रम गरी मनाउँदैछन् ।
सुब्बा ज्ञानमान सिंह र सुभद्रा कुमारीका जेठो छोराको रुपमा वि.सं. १९७२ साल कात्तिक २४ गते काठमाडौंको यट्खामा जन्मेका गणेशमानलाई नेपाली राजनीतिका लौहपुरुष पनि भनिन्छ ।
नेपालमा प्रजातन्त्र स्थापना गर्न राणाकालदेखि नै संघर्ष गरेका सिंह वि.सं. २०४६ सालको जनआन्दोलनको कमान्डर थिए । राणा शासनविरुद्धको आन्दोलनदेखि २०१४ सालको सत्याग्रह, २०१५ सालको संसदीय चुनाव, २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्रमाथि गरेको ‘कू’को विरोध, निर्वासनमा समेत विपी कोइराला र गणेशमानसँगै थिए ।
२०५४ साल असोज २ गते निधन भएका सिंह नेपाली राजनीतिमा संघर्ष र इमान्दारिताका पर्याय मानिन्छन् । उनलाई सर्र्वोच्च नेताका रुपमा समेत चिनिन्छ ।