रिडीलाई गाउँपालिकाको केन्द्र निर्धारण गर्नु पर्ने माग राख्दै गुल्मी बन्द

भक्तपुर न्यूज

२४ कार्तिक २०७३ ५:३६

रिडीलाई गाउँपालिकाको केन्द्र निर्धारण गर्नु पर्ने माग राख्दै गुल्मी बन्द

गुल्मी, २४ कार्तिक । रुरु गाउँ विकास समिति अन्र्तगत रिडीलाई गाउँपालिकाको केन्द्र निर्धारण गर्नु पर्ने माग राख्दै स्थानीयहरुले आज बिहानदेखि चक्काजाम गरि आन्दोलनमा उत्रिएका छन् ।
रुरु गाउँपालिका केन्द्र निर्धारण संघर्ष तथा समन्वय समितिको आयोजनामा गरिएको उक्त आन्दोलनका कारण आज बिहानैदेखि गुल्मी जिल्लावाट पाल्पा, वुटवल र काठमाण्डौ जाने सम्पूर्ण सवारी साधनहरु बीच बाटोमै अलपत्र परेका छन् ।
आन्दोलनका कारण रुरु गाविस अन्र्तगतका सम्पूर्ण बजार, उद्योग, कलकारखाना तथा शैक्षिक संस्थाहरु समेत बन्द छन् ।
गुल्मीको मुख्य नाका रिडीमा चक्काजाम भएपछि त्यसको असर जिल्ला सदरमुकामसम्म परेको छ । सम्पूर्ण पुर्वाधारहरु भएको रुरुलाई गाउँपालिका नतोकी अन्यत्रै स्थानमा गाउँपालिका निर्धारण गर्न लागिएको हुँदा आफुहरु बाध्य भएर आन्दोलनमा उत्रनु परेको रुरु गाउँपालिका केन्द्र निर्धारण संघर्ष तथा समन्वय समितिका संयोजक रामचन्द्र भट्टराईले बताउनु भएको छ ।
स्थानीय तह पूर्नसंरचना प्राविधिक समितिलाई वैज्ञानिक ढंगले स्थानीय तहको पूर्नसंरचनाको माग गर्दै गुल्मीको ईलाका नं ४ का जनताहरु समेत गत सातादेखि जिल्ला विकास समितिको कार्यालय परिसरमा धर्नामा बसिरहेका छन् ।
स्थानीय तह पूनर्संरचनाका लागि जिल्लामा राजनैतिक दलहरुबिच केन्द्र निर्धारणमा विवाद भएका कारण गुल्मीमा आजसम्म पनि स्थानीय तहको पूनर्संरचनाको विषयमा कुनै टुंगो लागेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *