ग्यारेथ बेल बने वर्ष खेलाडी
एजेन्सी, २४ कार्तिक । ग्यारेथ बेल वेल्सको वर्ष खेलाडी घोषित भएका छन् । रियल मड्रिडका बेल छटौं पटक वेल्सको वर्ष खेलाडी घोषित भएका हुन् । उनी लगातार चौथो पटक वर्ष खेलाडी बन्न सफल भए ।
लगातार चौथो पटक वर्ष खेलाडी बनेका बेलले वेल्सलाई युरो कप २०१६ को सेमिफाइनलसम्म पु¥याउन महत्वपूर्ण भूमिका खेलेका थिए । यस्तै उनले रियल मड्रिडलाई च्याम्पियन्स लिगको उपाधि दिलाउन पनि भूमिका खेलेका थिए ।
स्टोक सिटीका मिडफिल्डर जो एलनले पनि दुईवटा अवार्ड जितेका छन् । एलनले प्लेअर्स र फ्यान प्लेअर अफ द इयर अवार्ड जितेका हुन् । एलनले पनि वेल्सलाई युरो कपमा ऐतिहासिक सफलता दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
वेल्सका प्रशिक्षक क्रिस कोलेम्यानलाई फुटबल एसोसिएसन अफ वेल्सले विशेष अवार्ड प्रदान गरेको छ । कोलेम्यान विश्व फुटबलको प्रशासकीय निकाय फिफाको पुरुष वर्ष प्रशिक्षकमा पनि मनोनयनमा परेका छन् ।