७ भारतीय दूतावासको वेबसाइट ह्याक

भक्तपुर न्यूज

२३ कार्तिक २०७३ ५:४१

७ भारतीय दूतावासको वेबसाइट ह्याक

काठमाडौं, २३ कार्तिक । युरोप तथा अफ्रिकाका विभिन्न देशमा रहेका सात वटा भारतीय दूतावासको वेबसाइट ह्याक भएको छ । सोमबार ह्याकरले दूतावासहरुको साइट ह्याक गरेका हुन् ।
रोमानियासहित ७ मुलुकमा रहेका दूतावासका वेबसाइट ह्याक भएको समाचारमा जनाइएको छ । भारतीय विदेश मन्त्रालयले समस्या समाधानको लागि प्रयास भइरहेको जानकारी दिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
रोमानियाबाहेक अन्य कुन कुन देशमा भारतीय दूतावासको वेबसाइट ह्याक गरिएका छन् भन्ने अझै खुल्न सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *