अमेरिकामा आज ४५ औं राष्ट्रपतिका लागि निर्वाचन हुदै

भक्तपुर न्यूज

२३ कार्तिक २०७३ ५:०९

अमेरिकामा आज ४५ औं राष्ट्रपतिका लागि निर्वाचन हुदै

एजेन्सी कात्तिक २३ । अमेरिकीमा आज ४५ औं राष्ट्रपतिको लागि निर्वाचन हुँदैछ । भावी राष्ट्रपतिका लागि ४ जना चुनावी मैदानमा उत्रिएका छन् । राष्ट्रपति पदका लागि डेमोक्रेटिक पार्टीका तर्फबाट हिलारी क्लिन्टन, रिपब्लिकन पार्टीका तर्फबाट डोनाल्ड ट्रम्प, ग्रिन पार्टीका तर्फबाट जिल स्टेन र लिबट्रेरियनबाट ग्यारी जोनसन अन्तिम प्रतिस्पर्धामा छन् ।
यद्यपी मुख्य प्रतिस्पर्धाका रुपमा भने क्लिन्टन र ट्रम्पलाई हेरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । पछिल्लो मत सर्वेक्षणले हिलारी क्लिन्टन ट्रम्पभन्दा करिब चार प्रतिशतले अघि रहेको देखाएको छ ।
आजको निर्वाचनमा करिब ८ करोड नागरिकले मतदान गर्ने अनुमान गरिएको छ । राष्ट्रपतिमा निर्वाचित हुनका लागि कूल ५ सय ३८ इलेक्ट्रोरल मतमध्ये बहुमत संख्या अर्थात् २ सय ७० मत आवश्यक पर्छ ।
अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभको ४ सय ३५, माथिल्लो सदन सिनेटको संख्या १ सय एवम् डिस्ट्रिक अफ कोलम्बियाको ३ इलेक्ट्रोरल मतका आधारमा इलेक्ट्रोरल मतको समीकरण संख्या ५ सय ३८ तय गरिएको हो ।
यस पटक पनि निर्वाचनको प्रमुख एजेन्डा आर्थिक मुद्दा रहेको छ । क्लिन्टनले दुई प्रतिशत धनाढ्य वर्गको कर वृद्धिको प्रस्ताव गर्नु भएको छ भने ट्रम्पले हाल विद्यमान ३५ प्रतिशतको कर्पोरेट कर १५ प्रतिशतमा झार्ने नीति लिनु भएको छ ।
सन् १८४५ मा सुरु भएको प्रचलनअनुसार नोभेम्बर महिनाको पहिलो मंगलबार अमेरिकी राष्ट्रपतिको निर्वाचन हुने गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *