अमेरिकामा कार दुर्घटना परि चार नेपालीको मृत्यु

भक्तपुर न्यूज

२२ कार्तिक २०७३ ५:२९

अमेरिकामा कार दुर्घटना परि चार नेपालीको मृत्यु

काठमाडौ, २२ कार्तिक । अमेरिकाको जर्जिया राज्यको एटलान्टाको ग्रामिण क्षेत्र जेफर्सन काउन्टीमा भएको कार दुर्घटना परि चार जना नेपाली को मृत्यु भएको छ ।
गत शुक्रबार भएको दुर्घटनामा परि उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । कारमा सवारी ६ जना मध्ये २ जना भने बाँच्न सफल भएका छन् ।
दुर्घटना परि मृत्यु हुनेहरुमा गुल्मी घर भई हाल काठमाडौं अनामनगर बस्ने चिरन्जीबी खनाल, उहाँकी पत्नी श्यामा खनाल र दुई बुहारीको घटनास्थल मै मृत्यु भएको बताइएको छ ।
कारको पछाडी बस्ने चार जना सबैको मृत्यु भएको र गाडीको अगाडी बसेका समिर खनाल तथा सुबाश खनाल घाइते भएका हुन् ।
२९६ नामक जर्जिया राजमार्ग को उत्तर तर्फ गइ रहेको अवस्थामा ८८ राजमार्गमा रोक्नु पर्ने स्थानमा भीमकाय १८ पाङ्ग्रे ठुलो माल बाहक गाडीसँग ठोकिन पुगेको थियो ।
उनीहरुको शब एटलान्टाको अपराध प्रयोगशालामा राखिएको छ । दुर्घटना के कारणले भएको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *