छठ पर्व सकियो

भक्तपुर न्यूज

२२ कार्तिक २०७३ ५:१८

छठ पर्व सकियो

काठमाडौं, कात्तिक २२। मिथिला क्षेत्रमा विशेष महत्व र उल्लासका साथ मनाइने छठ पर्व आज सकिएको छ । आज उदाउँदो सूर्यको पूजाआजा गरी अर्घ दिए पछि छठ पर्वको समापन भएको हो ।
छठ समापन र उदाउँदो सूर्यदेवको पूजाका लागि राजधानी काठमाडौं सहित तराइका विभिन्न जिल्लामा भक्तजनहरु नदी, तलाउ र पोखरीका किनारमा रातभर जाग्राम बसेका थिए ।
काठमाडौंका गुह्येश्वरी, गहनापोखरी, कमलपोखरी तथा वाग्मती, नख्खु र विष्णुमती लगायत नदी किनारमा भक्तजनले पूजाआजा गर्दै छठको मूख्य दिन हिजो अस्ताउँदै गरेको सूर्य तथा षष्ठी मातालाई अर्घ दिइएको थियो ।
कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने यस पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गर्ने गरिन्छ ।
पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी यो पर्व मनाउने गरिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *