कुहिएको अवस्थामा एक महिलाको शव फेला

भक्तपुर न्यूज

२१ कार्तिक २०७३ ६:३०

कुहिएको अवस्थामा एक महिलाको शव फेला

भक्तपुर, २१ कात्तिक । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–२ बोडेमा हिजो साँझ किरा परेर कुहिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।
बोडेबाट मूलपानीतर्फ जाने भित्र सड्कको छेउमा अन्दाजी २५÷२६ वर्षकी महिलाको शव फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिनुभयो ।
महिलाको टाउकोमा चोट देखिएका कारण उनको कसैले हत्या गरेर फालेको हुनसक्ने प्रहरीको अनुमान छ । सो महिला स्थानीय बासिन्दा नभएको र पहिचान पनि नभएको प्रहरीले जनाएको छ ।
शवलाई पोष्टमार्टमको लागि त्रि.वि.शिक्षण अस्पताल महाराजगंज लगिएको प्रहरीले जनाएको छ । प्रहरी बृत्त थिमि र अपराध अनुसन्धान महाशाखाको टोलीले अनुसन्धान अगाडि बढाएको छ ।
खेतमा गएर फर्कदै गरेका स्थानीय बासिन्दाले हिजो साँझ बोरा भित्र महिलाको टाउको मात्रै देखिने गरी शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *