भक्तपुर बचतद्वारा पौष्टिक आहार वितरण

भक्तपुर न्यूज

१९ कार्तिक २०७३ ८:३८

भक्तपुर बचतद्वारा पौष्टिक आहार वितरण

भक्तपुर, १९ कार्तिक । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा संस्थाको २० औं स्थापना दिवसको अवसरमा संस्थाकै प्राङ्गणमा जेष्ठ नागरिकको सम्मानमा सत्तरी बर्ष वा सोभन्दा बढी उमेरका सदस्य तथा वचतकर्ताहरुलाई पौष्टिक आहार वितरण गरेको छ ।
कार्यक्रममा संस्थाका सल्लाहकार एवं निवर्तमान अध्यक्ष रत्नप्रसाद प्रजापतिले आमाबाबुलाई हेला हैन, आदर गर्नुपर्ने अन्तर्राष्ट्रिय जेष्ठ नागरिक बर्षको मान्यतालाई मनन् गरी संस्थाका जेष्ठ सदस्यहरुका लागि यस्तो कार्यक्रम राखिएको बताउनुभयो । साथै उहाँले संस्थाले पैसाको लेनदेनबाहेक विभिन्न सामाजिक सेवा गरिरहेको जानकारी गराउनुभयो ।
संस्थाका सचिव लक्ष्मीप्रसाद कुसीले बुढाबुढीलाई घरबाट हेर्ने समस्यालाई मध्यनजर राखी संस्थाको साधारणसभामा प्रमुख अतिथिहरुले दिएको सुझावलाई हृद्यंगम गरी एघाह्र आना जग्गा आदर निकेटन बनाउनका लागि संस्थाले खरिद गरिसकेको जानकारी गराउँदै सो आदर निकेटन बनाउनका लागि ७ लाख तेह्र हजार ५ सय रुपैयाँ चन्दा समेत उठिसकेको बताउनुभयो ।
कार्यक्रमलाई स्वागत गर्दै उपाध्यक्ष निर्मल प्रजापतिले संस्था चलाउँदा आइपर्ने कठिनाइहरुको सामना गर्न जेष्ठ नागरिकहरुको राय, सुझावको आवश्यकता रहेको बताउनुभयो ।
संस्थाका अध्यक्ष बलराम प्रजापतिले संस्थाको स्थापना दिवसको अवसरमा आयोजित आन्तरिक बुद्धिचाल प्रतियोगितामा पुरस्कृतलाई पुरस्कार तथा सहभागीलाई प्रमाणपत्र वितरण गरिएको उक्त कार्यक्रममा जेष्ठ सदस्य तथा वचतकर्ताहरुलाई पौष्टिक आहार वितरण गरिएको छ ।
संस्थामा हाल सत्तरी बर्ष वा सोभन्दा बढी उमेरका जेष्ठ सदस्य एक सय अठाइस जना, गैर आकस्मिक तेइस जना र गैर आवधिक ५९ जना रहेको संस्थाका प्रबन्धक जगनाथ प्रजापतिले बताउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *