मन्दिरमा रु छ लाख भेटी सङ्कलन
रामपुर (पाल्पा), १८ कात्तिक । यहाँको भैरवस्थान मन्दिरमा रु ६ लाख बराबरको भेटी सङ्कलन भएको छ । जिल्लाकै पर्यटकीय, ऐतिहासिक र धार्मिक क्षेत्रका रुपमा स्थापित यस मन्दिरमा दसँैको अवसरमा सो रकम सङ्कलन भएको हो ।
कालरात्रिका अवसरमा मन्दिरमा अहिलेसम्मकै ठूलो दान रकम सङ्कलन भएको मन्दिरका व्यवस्थापक मीनबहादुर बुढाथोकीले बताउनुभयो । अघिल्लो वर्ष यस मन्दिरमा रु एक लाख बराबरको दान रकम सङ्कलन भएको थियो ।
यस वर्ष सो अवसरमा पाँच सय बोका, पाँच सय कुखुरा गरी करिब एक हजार पाँच सयको हाराहारीमा पशु बलि चढाइएको थियो भने ५० हजारभन्दा बढी दर्शनार्थीले मन्दिरमा पूजाआजा गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१६ असोज २०८१ १०:४८
सांसद थापाद्वारा सिपाडोल क्षेत्रमा गएको पहिरोको क्षति निरीक्षण
१६ असोज २०८१ १०:५५
यस वर्षको डिभी आवेदन आजै रातिदेखि खुल्ने, के चाहिन्छ योग्यता ?
१७ असोज २०८१ ८:१५
दसैँका लागि मुस्ताङबाट ल्याइएको च्याङग्राको मूल्य घट्यो
१५ असोज २०८१ ६:३७