भारतीयसँग नेपाली नागरिकता
१२ कात्तिक, काठमाडौं । नक्कली विवरणका आधारमा नेपाली नागरिकता लिएको आरोपमा भारतीय नागरिक श्यामलाल सरावगी पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाले उनलाई बिहीबार पक्राउ गरेको हो ।
महाशाखाका अनुसार भारत गुजरातका उनले झुटो विवरणका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट २०३९ मा वंशजको नागरिकता लिएका थिए । कुलेश्वर बस्दै आएका उनी गुजरात राज्य, भाजलपुरका हुन् ।
अनुसन्धानमा उनले सन् २००९ मा भारतको निर्वाचन आयोगबाट मतदाता परिचयपत्र लिएको र उनको बाबु घनश्याम सरावगी भारतमै रहेको सूचनाको आधारमा अनुसन्धान गर्दा झुटो विवरणका आधारमा वंशजको आधारमा नेपाली नागरिकता लिएको देखिएपछि अनुसन्धानका लागि पक्राउ गरिएको महाशाखाले जनाएकाे छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२७ जेठ २०८२ ८:५४
एसियन कप छनोट : नेपाल र लाओस भिड्दै
२७ जेठ २०८२ ८:४३
कोशी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
२७ जेठ २०८२ १४:४५
दश महिनामा साढे १३ खर्ब बढी रेमिट्यान्स भित्रियो
२७ जेठ २०८२ १४:४३
सुन तोलामा ६ सय रुपैयाँ घट्यो, चाँदीको भाउमा नयाँ रेकर्ड
२७ जेठ २०८२ १४:४७