मौरीपालन व्यवसायबाट लाखाँैको रकम भित्रिँदै
सल्यान, ६ कात्तिक । कालीमाटी गाविसका कृषक मौरी पालन व्यवसायतर्फ आकर्षित भएका छन् । कम लगानी र धेरै आम्दानी हुने भएपछि कृषक मौरीपालनतर्फ आकर्षित भएका हुन् । मौरीपालन व्यवसायबाट भएको आम्दानीले घर खर्च चलाउन सजिलो भएको कालीमाटी–३ सिमलकुनाका कुलप्रसाद भण्डारीको भनाइ छ । उहाँले भन्नुभयो, “मौरीपालन व्यवसायबाट वार्षिक रु दुई लाख ५० हजार आम्दानी हुन्छ ।”
कालीमाटी गाविसका सिमलकुना, खैरीकाँडा लगायत जङ्गलमा चिउरी प्रशस्त मात्रामा पाइने भएकाले पनि सो ठाउँ मौरीपालनका लागि उपयुक्त छ । मौरीलाई आवश्यक पर्ने फूल जङ्गलमा पाइने भएकाले मौरीपालन व्यवसाय फस्टाएको कृषकको भनाइ छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:००
२५० मेगावाट विद्युत उत्पादन बन्द भएपनि लोड सेडिङ नहुने
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४