सात प्रदेशमा पर्यटन पूर्वाधार विकासका लागि गुरुयोजना तयार भइरहेको :पर्यटन मन्त्री शाही

भक्तपुर न्यूज

२८ असोज २०७३ १५:१२

काठमाडौँ, २८ असोज । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनबहादुर शाहीले सात प्रदेशमा पर्यटन पूर्वाधार विकासका लागि गुरुयोजना तयार भइरहेको जानकारी दिनुभएको छ ।
यहाँ आयोजना गरेको अन्तक्र्रियामा उहाँले भैरहवा विमानस्थल विस्तार र निजगढमा जग्गा अधिग्रहणका लागि काम अगाडि बढेको बताउनुभयो ।
कार्यक्रममा नेकपा (एमाले) का नेता लालबाबु पण्डितले मुलुकमा विद्यमान समस्या समाधानका लागि दलहरु जिम्मेवार हुनुपर्नेमा जोड दिँदै संविधान कार्यान्वयनको चरण पूरा भएपछि संशोधनको प्रक्रिया सुरु गर्नुपर्ने सुझाव दिनुभयो । नेकपा(माओवादी) केन्द्रका नेता दीनानाथ शर्माले दलहरुको एकताका कारण देशमा संविधान जारी भएको बताउँदै अब पनि देशको समस्या समाधानका लागि दलहरु एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
सङ्घीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक शिवजी यादवले संविधान संशोधनका लागि सरकारले आवश्यक कार्य अगाडि बढाउन नसकेको बताउँदै छठसम्म पनि संविधान संशोधनको कार्यले मूर्त रुप लिन नसकेमा आफ्नो दलले सरकारविरुद्ध विभिन्न गतिविधि गर्ने प्रस्ट पार्नुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *