‘अन्तर्राष्ट्रिय विराट हिन्दू महासम्मेलन’ काठमाडौँमा
काठमाडौँ, २८ असोज । विश्व हिन्दू महासङ्घ अन्तर्राष्ट्रियले आगामी कात्तिक ४ देखि ६ गतेसम्म ‘अन्तर्राष्ट्रिय विराट हिन्दू महासम्मेलन’ को आयोजना काठमाडौँमा गर्ने भएको छ ।
उक्त सम्मेलनमा आधुनिक समाजमा वैदिक धर्म विज्ञानको महत्व तथा हिन्दू धर्मका विशेषताका बारेमा कार्यपत्र प्रस्तुत भई छलफल गरिनेछ । नेपाल, भारतलगायत मुलुकबाट करिब एक हजार प्रतिनिधिलाई निमन्त्रणा गरिएको महासम्मेलनमा १०औँ हजार हिन्दू धर्मका अनुयायीको सहभागिता गराइनेछ ।
साधु, सन्त, महन्त, विद्वानको सहभागिता रहने महासम्मेलनले नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने प्रस्तावसमेत पारित गर्ने महासङ्घका सचिव अस्मिता भण्डारीले जानकारी दिनुभयो । काठमाडौँको वनकालीमा हुने सोही कार्यक्रममा अन्तर्राष्ट्रिय विश्व हिन्दू महासङ्घको नयाँ कार्यसमितिका लागि नयाँ नेतृत्वसमेत चयन गरिनेछ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२ फागुन २०८१ १४:२८
चाँगुनारायणमा मिनी ट्रकको ठक्करबाट ७२ वर्षीया बृद्धाको मृत्यु
२८ माघ २०८१ १६:३५
एआईजी दिपक थापा नेतृत्वको टोली फ्रान्स प्रस्थान
२८ माघ २०८१ १६:१०
भक्तपुर–काभ्रेपलाञ्चोक समितिको अध्यक्षमा खत्री र सचिवमा श्रेष्ठ
२८ माघ २०८१ १६:०७