नेपाली आकाशमा थपियो नयाँ हेलिकप्टर

भक्तपुर न्यूज

२१ असोज २०७३ २:३१

नेपाली हवाई उद्योगमा फेरी एउटा हेलिकप्टर कम्पनी थपिएको छ । एयरलाइन्स अपरेटर्स एसोशिएसन नेपाल   (आयोन)का अनुसार हालै थपिएको अल्टिट्युड एयरसहित नेपालमा हेलिकप्टर कम्पनीको संख्या आठ पुगेको छ ।

heli-altituide-airयी सबै कम्पनीले नागरिक उड्डयन प्राधिकरणमा २९ वटा हेलिकप्टर दर्ता गराएपनि हाल १८ वटा हाराहारी हेलिकप्टर मात्रै उडानमा छन् ।

पर्यटन मन्त्री कृपाशुर शेर्पाको कार्यकालमा एयरलाइन्स अपरेटर्स सर्टिफिकेट (एओसी) लिएको अल्टिट्युड एयरले युरोपको एयरबस कम्पनीले उत्पदान गरेको बिथ्री–ई हेलिकप्टर ल्याइसकेको छ । यसमा ५ जना नेपाली पर्यटन व्यवसायीसहित अन्यको पनि लगानी छ । जसमा मुख्य लगानीकर्ता यती/तारा एयरलाइन्सका अध्यक्ष शोनाम शेर्पा यस कम्पनीका पनि अध्यक्ष हुन् । उनको यस कम्पनीमा लगानीको हिस्सा अन्यको दाँजोमा धेरै छ । अन्य लगानीकर्तामा चोयू ट्रेकिङ्‌का सञ्चालक निमा नोरु शेर्पा, हिमालयन सोसल जर्नीका सञ्चालक राम प्रसाद सापकोटा, हिमालयन शेर्पा एडभेन्चरका सञ्चालक फुर्वा ग्याल्जेन शेर्पा र सांग्रिला नेपाल ट्रेकिङ्‌का सञ्चालक जीवन घिमिरे छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *