नयाँ नोटका लागि बैंकमा सर्वसाधारणको भीड
पोखरा, १९ असोज । नेपाल राष्ट्र बैंक पोखरा कार्यालयमा दसैंका लागि नयाँ नोट साट्न आउने सर्वसाधारणको अत्याधिक भीड लागेको छ ।
नयाँ नोट साट्न असोज ९ गतेदेखि पोखराको राष्ट्र बैंक चोकस्थित कार्यालय परिसरबाट दुईवटा काउन्टरसहित सेवा सुरु गरिएको थियो । नेपाल राष्ट्र बैंक पोखराका निर्देशक चिरञ्जीवी चापागाइँका अनुसार पोखराबाट दैनिक रु तीन करोडका दरले खुद्रा रकम वितरण गरिँदै आएको छ ।
सटही काउन्टर खुलेयता नयाँ नोट साट्न दैनिक बिहान ८ बजेबाट साँझ ५ बजेसम्म सर्वसाधारण लामवद्ध हुने गरेका छन् । पोखरा क्षेत्रमा रहेका ६१ वाणिज्य बैंक तथा ८९ विकास बैंकमार्फत सेवाग्राहीलाई नयाँ नोट उपलब्ध गराउन थालिएको बताइएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ चैत २०८१ १२:०५
अभिनेता सुशान्तसिंह राजपूतको मृत्युको मामिलामा नयाँ खबर
७ चैत २०८१ १३:३४
विद्युत् आपूर्तिका लागि भारतसँग पहल जारी : परराष्ट्रमन्त्री
८ चैत २०८१ १६:३८
युक्रेनको पावर प्लान्ट अमेरिकी नियन्त्रणमा रहने
९ चैत २०८१ १२:१५
भक्तपुरमा ६६ वर्षीय पुरुषको शव भेटियो
७ चैत २०८१ १३:२३