पर्यटक आगमनले प्रमुख पर्यटकीय गन्तव्यका होटल भरिए
१८ असोज, काठमाडौं । अनुकुल वातावरणले यतिखेर नेपालमा पर्यटकको चहलपहल बढेको छ । पदयात्रा पर्यटनको महत्वपूर्ण पाटो भएकाले पनि यो समय विदेशी तथा आन्तरिक पर्यटक पनि घुमफिरमा निक्लिएका छन् ।

“मुख्य पर्यटकीय मौसम तथा चाडवाड भएकाले पनि पर्यटकको आगमन बड्दैछ, दसैँमा विदेशी एनआरएन पनि धेरै आउँछन् त्यस्तै दसैँको परम्परागत संस्कार र संस्कृति नियाल्न, मौसम सफा र खुल्ला हुने भएकाले हिमाल हेर्न पनि धेरै पर्यटक आउछन्,”–उनले भने। हानमा आवद्ध रहेका साना ठूला होटल तथा रिसोर्ट गरी करिब एक हजार २ सयको सङ्ख्यामा छ । पर्यटकस्तरीय कोठा झन्डै ३६ हजारको हाराहारीमा छ ।
ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष चन्द्र रिजालले पदयात्रा पर्यटनको महत्वपूर्ण पाटो भएकाले पदयात्री तथा संस्कृतिबारे जिज्ञासु पर्यटक धेरै सङ्ख्यामा आएका बताउँछन्। पदयात्रा, हिमाल आरोहण, संस्कृतिको अध्ययन तथा विभिन्न कार्यक्रममा भागलिन पर्यटको सङ्खया बढेको उनले बताए।
पदयात्रा पर्यटनका लागि अक्टोवर र नोभेम्बर मुख्य समय हो । दसैँ, तिहार जस्ता पर्व पनि पर्ने भएकाले दसैँको संस्कृति बुझ्न विदेशी पर्यटक आउनेगर्छन् । त्यस्तै माउन्टेन फ्लाइटका लागि पनि यो समय उपयुक्त मानिन्छ ।
अध्यक्ष रिजालका अनुसार पदयात्री पर्यटकमा बढ्दो आकर्षणले व्यवसायीमा उत्साह थपेको छ, सन् २०१४ को तुलनामा अहिले पदयात्री पर्यटक ३० प्रतिशतले बढेको छ ।
अहिलेको मौसम हिमाल आरोहणका लागि पनि उपयुक्त मानिन्छ । पर्यटन विभागका अनुसार मनास्लु, धौलागिरी लगायतका हिमाल तथा पिक आरोहणका लागि धेरै विदेशी पर्यटक आएका छन् । विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्रकुमार श्रेष्ठले चारसयभन्दा बढी आरोहीले आरोहण अनुमति लिएको बताउँछन्। तीमध्ये धेरैले मनास्लु र विभिन्न पिकका लागि अनुमति लिएका छन् ।
नेपाल पर्यटन बोर्डको विववरणअनुसार सन् २०१३ मा सात लाख ९७ हजार ६ सय १६ र सन् २०१४ मा सात लाख ९० हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए । अध्यागमन विभागको विवरण अनुसार सन् २०१५ मा अघिल्लो वर्षको तुलनामा २९।७ प्रतिशतले घटेर जम्मा पाँच लाख ४५ हजार ७४७ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
पर्यटनको उपयुक्त मौसम र चाडपर्व पनिसँगै पर्ने भएकाले विदेशी पर्यटक बढी नेपाल आउन चाहन्छन् तर एयरलाइन्सको सङ्ख्या कम भएकाले उनीहरु चाहेर पनि आउन सक्दैनन् । पर्यटकका लागि होटल र कोठा पर्याप्त रहेपनि विदेशबाट आउने एयरलाईन्स कमी र सानो क्षमताका जाहाज भएकाले यो मौसममा धेरै पर्यटक आउन नसक्ने हानका महासचिव शाहाको भनाइछ ।
अहिले ठूला जहाज टर्किज एयरलाइन्स, एयर एसिया आदिले मात्र बढी पर्यटक ल्याउँछन् अन्य खाडी मुलुकबाट आउने एयरलाइन्सले बढी कामदार बोकेर आउने हुँदा पर्यटक आउन पाउँदैनन् । नेपालमा अहिले २८ वटा अन्तर्राष्ट्रिय विमान कम्पनीले उडान भर्र्दै आएका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२ फागुन २०८१ १४:२८
चाँगुनारायणमा मिनी ट्रकको ठक्करबाट ७२ वर्षीया बृद्धाको मृत्यु
२८ माघ २०८१ १६:३५
एआईजी दिपक थापा नेतृत्वको टोली फ्रान्स प्रस्थान
२६ माघ २०८१ १४:५८
दिल्लीमा केजरीवालले चुनाव हारे, भाजपाको सरकार बन्दै
२८ माघ २०८१ १६:१०