हवाई इन्धनको मूल्य घट्यो
काठमाडौँ, ३१ भदौ । नजिकिएको चाडपर्वलाई ध्यानमा राखी नेपाल आयल निगमले हवाई इन्धनमा मूल्य घटाएको छ । दसैँतिहार लगायत पर्वमा खासगरी पहाडी भेगमा सस्तो यात्रा होस् भन्ने उद्देश्यले हवाई इन्धनको मूल्य घटाइएको निगमका प्रवक्ता मुकुन्द खनालले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार हवाई इन्धनमा प्रतिलि रु पाँच र अन्तर्राष्ट्रियमा प्रतिहजार लि ५० अमेरिकी डलर मूल्य घटाइएको छ ।
निगमले करिब दुई साताअघि खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर रु ५० घटाएको थियो । पेट्रोलियम पदार्थको मूल्य भने तत्काल नघट्ने निगमले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ वैशाख २०८२ १६:३४
सिडिओको नेतृत्वमा १२ कक्षाको परीक्षा सञ्चालन गरिँदै
९ वैशाख २०८२ १३:२२
कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने निर्णय
८ वैशाख २०८२ १४:०८
राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुला
८ वैशाख २०८२ १४:२४
सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसको ८८ वर्षमा निधन
९ वैशाख २०८२ १७:१०