अब नेपालमै विदेशी सिमकार्ड

भक्तपुर न्यूज

३१ भदौ २०७३ २:१४

sim-card३१ भदौ, काठमाडौं । कामका लागि विदेश जाँदै हुनुहुन्छ? हो भने अब पुग्नेबित्तिकै परिवारसँग कसरी सम्पर्क गर्ने भन्ने चिन्ता नलिए हुन्छ। गन्तव्य मुलुक पुगेर तपाई एयरपोर्टबाटै फोन गर्नसक्नुहुन्छ। त्यो पनि पिसिओबाट हैन, आफ्नै मोबाइलबाट। श्रम स्वीकृति र भिसा हुनेले नेपालबाटै आफू जाने मुलुकको सिमकार्ड लिन सक्ने भएपछि कामदारले यस्तो सुविधा पाउने भएको छ।

हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रबाट एउटा कम्पनीले यस्तो सुविधा दिइरहेको छ। अरू कम्पनीले पनि चाडै सुरू गर्नेछन्। उनीहरुले विमानस्थल बाहिरबाटै सिमकार्ड बेच्ने छन्।‘नेपालमा बिदेशी सिम कार्ड ल्याएर बेच्न सात कम्पनीले अनुमति पाएका छन्,’ नेपाल दुरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने,‘ तर सबैले सेवा सुरू गरिसकेका छैनन्।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *