चिडियाखानाका लागि रु १० लाख सहयोग
पोखरा, १८ भदौ । ‘युनाइटेड क्लब’ पोखराले लेखनाथ नगरपालिकाको पचभैयामा निर्माणाधीन चिडियाखानालाई रु .१० लाख सहयोग गरेको छ ।
क्लबका अध्यक्ष शुुकबहादुर गुरुङले चिडियाखाना निर्माण समितिका संयोजक हिमालय बख्रेललाई आज यहाँ सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको छ ।
क्लबले यसअघि पनि चिडियाखाना निर्माणका लागि रु १५ लाख सहयोग गरेको संयोजक बख्रेलले जानकारी दिनुभयो ।
चिडियाखाना निर्माणको लागि लेखनाथ नगरपालिकाले पनि रु १० लाख सहयोग गरेको बताइएको छ । सो ठाउँमा अहिले वन्यजन्तु उद्धार सेन्टरको निर्माण भइरहेको छ ।
घाइते वन्यजन्तुको उद्वार गर्ने स्थान अहिले पोखरामा कही नभएकाले सो ठाउँमा उद्वार सेन्टरको निर्माण भइरहेको संयोजक बख्रेलले बताउनुभयो । एकसय ३४ हेक्टर जमिनमा चिडियाखाना निर्माण भइरहेको जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १२:१९
राष्ट्रपति पौडेल रोपाइँ कार्यक्रममा सहभागी
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १६:२५