न्यूजिल्याण्डमा शक्तिशाली भूकम्प
१७ भदौ, काठमाडौं । न्यूजिल्याण्डमा शक्तिशाली भूकम्प गएको छ ।शुक्रबार बिहान गिस्वार्नबाट उत्तर पूर्व १६९ किलोमिटर पर केन्द्रबिन्दू रहेको ७ं.१ रेक्टर स्केलको भूकम्प मापन गरिएको हो । नागरिक सुरक्षा अधिकारीहरुले तोलोगा बे क्षेत्रकाट मानिसलाई सुरक्षित स्थानमा जानको लागि आग्रह गरेका छन् ।
भूकम्पपछि सुनामीको खतरा रहेको रेडियो न्यूजिल्याण्डले जनाएको छ । तर सुनामी चेतावनी केन्द्रले भने समुन्द्रमा २१ सेन्टिमिटर उचाईमा मात्रै छाल आएको पाइएकोले खतरा नरहेको जनाएको छ ।
भूकम्पपछिको क्षतिको विवरण आएको छैन ।सन् २०११ मा दक्षिणी तटको क्राइस्टचर्च शहरमा गएको भूकम्पमा एक सय ८५ जनाको ज्यान गएको थियो ।
न्यूजिल्याण्डमा वर्षेनी १५ हजार पटक भूकम्प जाने गरेको र त्यसमा झण्डै एक सय ५० वटा शक्तिशाली हुने गरेको अधिकारीले बताएका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १६:२५
यर बजारमा हरियाली, आइतबार बजार २६ अंकले बढ्यो
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
१५ असार २०८२ १२:१८