भक्तपुर । भक्तपुको सल्लाघारी स्थित डा.इवामुरा मेमोरियल अस्पतालले एक महिन देखि सञ्चालनमा ल्याएको पित्तथैलि पत्थरिका समस्या भएकाहरुको मागसँगै थप प्याकेज सञ्चालनमा ल्याउने भएको छ ।
बृहत प्यकेज शिविर सञ्चालन गर्दा झन्डै २०० जनाले एक महिने अवधिमा सेवा सुविधा लिएको र अन्य बिरामीको मागसँगै फेरी प्याकेज सञ्चालनमा ल्याउन लागेको अस्पतालका व्यवस्थापक रञ्जित मारिखुले बताए । उनले भने उपत्यका लगाएत बिभिन्न जिल्लाबाट बिरामीले सेवा लिएको र शिवरको समय थप गर्न गरेको आग्रहलाई मध्येनजर गर्दै समयावधि थप्न थालेको उनले जानकारी दिए । उनले भने एक महिने अवधिको प्याकेजमा २५ बिरामीको अपरेशन समेत गरीएको हो ।
पित्तथैलीको पत्थरीका लक्षणहरु देखिने जस्तो चिल्लो खानाबाट पेट फूल्ने वा दुखाई, पेटको दाँया कोख वा पेटको बीचमा दुखाई दाँया काँधमा दुखाई,ढाडमा दुखाई,एक्कासी तौल घट्नु, धेरै दिसा भइराख्ने लगाएतका शारिरक समस्या निको पार्न सकिने खालको प्याकेज सञ्चालनमा ल्याएकाले स्वाथ्य परिक्षण गरि आफ्नो रोगको पत्तो लगाएर निको हुन समेत उनले आग्रह गरे ।
उनले भने यसरी पत्थरीको शल्यक्रिया दुर्बिन प्रबिधिको माध्यमबाट प्वाल पारेर गरिने हुनाले अपरेशपन पछि कम दुखाई हुने र कम औषधि र चाँडै निको हुने भएकोले यो शिबिर बाट लाभ लिन समेत अस्पताल परिवारले आग्रह गरेको छ । अस्पतालमा स्वास्थ परिक्षण गरेर लाभ लिन सेवाग्राहीले अस्पतालको सम्र्पक नं ०१-६६१२७०५,६६१२६९५ र ९८६१९३७३४५ गर्नु हुन समेत मारिखुले आग्रह गरे ।
Comments