काठमाडौं । आजकल फेसनजस्तै बनेको छ हुक्का । हुक्का सजिलै आजकल होटेल, रेस्टुरेन्ट तथा घर घरमा पाइने भएको छ । हुक्कालाई फेसन र मनोरञ्जनको साधनको रुपमा लिने गरिन्छ । चुरोटको सर्को कहिल्यै नतानेका आजकलका युवायुवतीले हुक्काको स्वाद लीइसकेका छन् । नियमित हुक्का प्रयोग गर्ने युवायुवतीको संख्या दिन प्रतिदिन बढ्दै छ ।
हुक्का सेवनअन्य सूर्तीजन्य पदार्थजस्तो हानिकारक होइन भन्ने गलत विश्वास र भ्रमका कारण बच्चा देखि युवायुवती सम्मले यसको प्रयोग गर्दै आएका छन् । हुक्कामा निकोटिन, तार, कार्बनमोनोअक्साइड, आर्से्निक, बेन्जिन, लिड, क्रोमियम, कोबाल्ट, निकेल, एक्रोलिन जस्ता अनेकौं हानिकारक तत्व हुन्छन् ।
हुक्कामा सूर्तीलाई तातो बनाई धुँवा उत्पन्न गर्नका लागि बलिरहेको चार्कोलको प्रयोग गरिन्छ, यसमा अन्य विषाक्त तत्वहरु पाइने गरेको छ ।हुक्कालाई धूमपान गरेको मानिंदैन भन्ने ठुलो भ्रम रहेको छ । तर, एउटा हुक्का पिउनु २ सय खिल्ली चुरोट पिउनु भन्दा बढी हानिकारक हुने पाइएको छ ।
हुक्काको धुँवामा क्यान्सर गराउने बेन्जिन, तार, कार्बनमोनोअक्साइड, आर्से्निक तथा अन्य क्यान्सर जन्माउन सक्ने तत्वहरु हुन्छ । हुक्का प्रयोग गर्ने र त्यसको धुवाँ सुँघ्न बाध्य भएका मानिसहरुमा बेन्जिनको प्रभाव परेर रक्त क्यान्सर ल्युकेमिया हुने सम्भावना बढ्ने पाइएको छ । हुक्काले ज्यानै लिने रोगहरु उत्पन्न गराउन सक्छ ।
हुक्काले हाम्रो शरीरमा दीर्घकालीन असर गर्दछ । हुक्का प्रयोग गर्नेहरुलाई दम, मुटुसम्बधी रोग, श्वासप्रश्वाससम्बन्धी रोग, मुख, घाँटी, पेटको क्यान्सर, पल्मोनरी इन्फेक्सनजस्ता दीर्घकालीन रोगहरु लाग्ने सम्भावना हुन्छ । एउटै हुक्कालाई धेरै जनाले सेयर गर्ने हुनाले यो चुरोटभन्दा झन् विशालु हुने भएको छ । साथै, धेरै जनाले सेयर गर्दा विविध रोगहरुको संक्रमण हुने सम्भावना देखिएको छ ।
काशित मितिः २०७६ जेठ ३१ शुक्रबार
Comments