भक्तपुर । मानिसलाई कुनै पनि कारणले क्यान्सर हुन सक्छ । यहाँसम्म कि घामको किरणले पनि क्यान्सर हुने सम्भावना रहन्छ । क्यान्सर लाग्ने नलाग्ने भन्ने कुरा मानिसको प्रतिरोधात्मक क्षमतामा भर पर्छ । प्रतिरोधात्मक क्षमताले क्यान्सरका कारक तत्त्वलाई कतिको सहन सक्छन् भन्नेमा यो निर्भर रहन्छ । तथापि, क्यान्सरका प्रमुख कारक तत्त्व यिनलार्ई मान्ने गरिन्छ ।
अक्सिजनले पनि क्यान्सर
क्यान्सरको एक मात्र कारक तत्त्व भनेर अहिलेसम्म पहिचान हुन नसके पनि केही यस्ता चिज छन्, जसले मानिसलाई क्यान्सरजस्तो भयानक रोग लाग्न सक्छ । हामी अक्सिजनविना बाँच्न सक्दैनौं । तथापि, फ्री रेडिकल्सको रुपमा रहेको अक्सिजन क्यान्सरको प्रमुख कारण हुन सक्छ ।
उमेर
धेरैजसो ६५ वर्ष उमेर कटेका मानिसलाई क्यान्सर हुने सम्भावना रहन्छ । हाम्रो उमेर बढ्दै गएपछि हाम्रा कोशिकाहरुको पुनर्निमाण प्रक्रिया घट्दै जान्छ र क्यान्सरको खतरा बढ्दै जान्छ ।
शारीरिक गतिविधिमा कमी
जो शारीरिक रुपमा त्यति सक्रिय हुँदैनन्, अथवा जसको तौल आवश्यकताभन्दा धेरै छ, साधारण मानिसको तुलनामा तिनलाई क्यान्सर हुने सम्भावना बढी रहन्छ ।
वंशाणुगत
प्रायः क्यान्सर हाम्रो गुणसूत्रको निर्माण प्रक्रियामा निर्भर रहन्छ । गुणसूत्र अर्थात् जिन्समा वंशाणुगत कारणले पनि परिवर्तन आउन सक्छ । स्तन क्यान्सर, पाठेघरको क्यान्सर, ब्लड क्यान्सर आदि एक पुस्तालाई लागेको छ भने अर्को पुस्तालाई पनि लाग्न सक्छ । यसको अर्थ आमाबुबालाई यो रोग छ भने बच्चालाई लाग्नै पर्छ भन्ने चाहिँ होइन ।
हार्मोन
कतिपय अवस्थामा हार्मोनको असन्तुलनले पनि क्यान्सर रोग उत्पन्न गर्न सक्छ । एस्ट्रोजोन नामक हार्मोन महिलाको प्रजनन क्षमताको विकासका लागि आवश्यक हुन्छ । कतिपय महिलामा स्वाभाविक रुपले नै यो हार्मोन बढी हुन्छ भने कसैले हार्मोन थेरापी लिने क्रममा पनि यो हार्मो लिइरहेका हुन सक्छन् । यो हार्मोनमा असन्तुलन आएमा पनि क्यान्सर रोग लाग्न सक्छ । केही अनुसन्धानका अनुसार गर्भनिरोधक औषधिका कारण पनि हार्मोनमा असन्तुलन आई क्यान्सर लाग्ने सम्भावना रहन्छ ।
धूमपान
निकोटिन क्यान्सरको अर्को कारण हो । धूमपान क्यान्सरको रोग लागेर मृत्यु हुनुको सबैभन्दा ठूलो कारण हो । क्यान्सरबाट हुनेमध्ये हरेक तेस्रो मृत्युको कारण धूमपान हो । धूमपानबाहेक सुर्तीजन्य कुनै पनि पदार्थको सेवनले क्यान्सर रोग लाग्न सक्छ ।
विकिरण
जमीन र वातावरणमा फैलिने कस्मिक किरण रेडिएसनको प्रमुख कारण हो । कस्मिक किरण रेडन ग्यास, रेडिएक्टिभ स्राव, एक्स–रे र परमाणु हतियारबाट निस्किन्छ । यो विकिरणले कोशिकालाई क्षति पुर्याउन सक्छ र मानिसलाई क्यान्सर लाग्न पनि सक्छ । न्युक्लियर पावर प्लान्टको नजिक रहने अथवा उक्त प्लान्टमा का मगर्ने मानिसलाई यस्तो विकिरणबाट खतरा हुन सक्छ ।
प्रदूषण
प्रदूषण पनि क्यान्सरको प्रमुख कारण हो । अहिले जताततै फैलिरहेको प्रदूषणका कारण मानिस सजिलै क्यान्सरका कारक तत्त्वको सम्पर्कमा आइरहेका छन् । पेन्ट रिमुभर, ग्रीज रिमुभर, पेन्ट थिनर आदि क्यान्सरको कारक हुन सक्छन् ।
मद्यपान
मद्यपान पनि क्यान्सरको अर्को कारण हो । धूमपानका साथै मद्यपान गर्ने मानिसलाई क्यान्सर रोग लाग्ने सम्भावना अन्यको तुलनामा धेरै हुने केही अनुसन्धानले देखाएका छन् । यसले मुख, घाँटी, फोक्सो, कलेजो र स्तन क्यान्सर लाग्ने खतरा बढाउँछ ।
भाइरस र ब्याक्टेरिया
केही विशेष भाइरस र ब्याक्टेरिया पनि क्यान्सरको कारण हुन् । एचपीभी ९ह्युमन पेपिलोमाभाइरस०, एचआईभी र अन्य केही ब्याक्टेरियाले पनि क्यान्सरलाई जन्म दिन सक्छन् ।
औषधि
केही केमोथेरापीसम्बन्धी औषधिको कारण अर्को क्यान्सर हुने सम्भावना रहन्छ । बिरामीको प्रतिरोधक क्षमता सबल बनाउन दिइने औषधिले शरीरको प्रतिरोधक प्रणालीमा असर गरी क्यान्सर लाग्ने खतराको जन्म दिन सक्छन् । यी औषधिले लिम्फोमा हुने सम्भावना धेरै रहन्छ । लिम्फोमा भनेको क्यान्सरसँग प्रतिरोधक क्षमताले लड्दा हुने असर हो ।
आहार
केही अनुसन्धानले रातो मासु, बासी मासु, नुन र तेलमा पकाइएको मासु आदि खानाले पेट, पाठेघर, मुत्रथैली, आन्द्रा आदिको क्यान्सर लाग्न सक्ने देखाएका छन् ।
प्रकाशित मितिः २०७५ पुष १९ बिहिबार
Comments