बोसोयुक्त खानेकुरा खाँदैमा शरीरमा बोसो बढ्ने होइन

0

काठमाडौं । मोटोपन भएका व्यक्तिलाई सबैले एउटै सुझाव दिन्छन् । ‘बोसो बढयो, बोसोयुक्त खानेकुरा कम गर ।’ जसकारण धेरैको बुझाइ बोसो खानै हुन्न, बोसो नै हो मोटोपनको जड भन्ने छ ।

के साँच्चै बोसो शरीरका लागि धेरै हानिकारक छ ? शरीरलाई बोसो चाहिंदैन त ?

स्वास्थ्य विज्ञहरू भन्छन्, ‘यो बुझाइ गलत छ, जसरी शरीरका लागि अन्य पोषक तत्वको सेवन आवश्यक हुन्छ । त्यसैगरी, बोसो पनि शरीरका लागि आवश्यक पोषक तत्वमध्ये एक हो ।’

बोसो खाएर शरीर मोटो होइन, सही ढंगले खान नजान्दा मोटोपन बढ्न सक्ने पोषणविद् कामना आचार्य बताउँछिन् ।

‘बोसो खाने बित्तिकै शरीरलाई मोटो बनाउँदैन । र, मोटो शरीर घटाउन बोसोयुक्त खानेकुरा खानाबाट च्वाट्ट हटाउनु पनि हुँदैन,’ उनी भन्छिन्, ‘बोसोयुक्त खानेकुरा शरीरलाई आवश्यकभन्दा बढी खाँदा शरीरले खर्चिन सक्दैन र मोटोपनको समस्या बन्न सक्छ ।’

हार्वर्ड मेडिकल स्कुलका अनुसार यदि हामीले आवश्यकताभन्दा बढी बोसो खान्छौं भने यसले शरीरको तौल निश्चित रूपमा बढाउँछ । कुनै एक पोषणमा अत्यधिक निर्भर हुनुको अर्थ हामी हाम्रो स्वास्थ्यसँग खेलिरहेका छौं । बोसोबाहेक कार्बोहाइड्रेट, प्रोटिन र अल्कोहलको अत्यधिक प्रयोगले पनि शरीरको तौल बढाउन सक्छ ।

कन्सलटेन्ट बेरियाट्रिक एवं मेटाबोलिक कोसिसनन्दन पोखरेलको पनि बोसोप्रतिको आम जनताको बुझाइ अल्पज्ञान मात्रै हो । बोसोलाई दोष दिंदै खान नहुने भ्रम सर्वसाधारणमा बढ्दो रहेको उनी बताउँछन् । ‘मोटोपन हुन नदिन र बढन नदिनुमा बोसोलाई दोष दिन मिल्दैन । अत्यधिक बोसो मात्र होइन जुनसुकै खानेकुरा हानिकारक बन्न सक्छ,’ उनी भन्छन् ।

‘मोटोपनको कारण धेरै खाना, कम परिश्रम’

डा. पोखरेलका अनुसार अहिले किशोरकिशोरी र युवाहरुमा मोटोपनको समस्या धेरै देखिनुको कारण शरीरमा चाहिनेभन्दा बढी खाने तर शारीरिक श्रम पटक्कै नगर्नु हो ।

‘कम्प्युटरको अगाडि घण्टौंसम्म बस्नु, व्यायाम–योग नगर्नु, घण्टौं टीभी हेर्नु, फुर्सदको समयमा पनि मोबाइलमा मात्र ध्यान दिनु र खानामा जंकफुड, मिठाइ, फ्याटी र रिफाइन्ड खानेकुरा, तारेको खानेकुरा, फास्टफुड र चिसो पेय पदार्थ टन्न खाने तर शारीरिक गतिविधि पटक्कै नगर्दा बोसो खपत हुन पाउँदैन र शरीरमा अत्यधिक बोसो जम्मा हुन थाल्छ । यसले मोटोपन मात्र होइन दीर्घरोग पनि बढावा दिन्छ,’ उनले भने ।

उनका अनुसार बोसोबिना शरीरले काम गर्न सक्दैन । बोसोको शरीरमा भूमिका धेरै छन् ।

१. बोसोले छालालाई मुलायम पार्ने काम गर्छ । यदि बोसो नहुँदो हो त छाला झोलिने गर्छ । जुन बुढापाकामा बढी देखिन सक्छ ।

२. फ्याटको शरीरलाई न्यानो पार्छ । यसको अभावमा अत्यधिक मात्रामा जाडो अनुभव हुन सक्छ ।

३. मुटु, मिर्गौला जस्ता शरीरका महत्वपूर्ण अंगलाई ढाकेर सुरक्षा दिने काम पनि बोसोले गर्छ ।

४. हाम्रो पेटमा चलिरहने मेटाबोलिक प्रक्रियामा भिटामिन, खनिजहरुलाई ग्रहण गर्ने काम बोसोले गर्छ । भिटामिन ए, डी, के जस्ता भिटामिन बोसो भए मात्रै शरीरले सोस्ने गर्छ । बोसोको नै कमी हुँदा शरीरले भिटामिनलाई सोस्न सक्दैन ।

५. शरीरमा इन्सुलेसनको काम पनि बोसोले गरिरहेको हुन्छ । जसकारण कुनै किसिमको आघात वा दुर्घटनाको अवस्थामा इन्सुलेटरको रूपमा शरीरको महत्त्वपूर्ण अंगलाई सुरक्षित गर्छ ।

यस्तै बोसो मुख्यतया तीन प्रकारको हुने पोषणविद् आचार्यको भनाइ छ । स्याचुरेटेड, अनस्याचुरेटेड र ट्रान्स फ्याट ।

स्याचुरेटेड बोसो

जनावरको स्रोतबाट प्राप्त हुने दूध, मासु र घिउलाई बुझाउँछ । कोठाको तापक्रममा राख्दा जम्ने चिल्लो पदार्थको सेवन बढी गर्दा रगत प्रवाह हुने नसामा अवरोध ल्याउने वा जम्ने गर्छ । जसले रक्तसञ्चारमा असर गर्दै मुटुरोग लाग्ने गर्छ । जसकारण यसलाई नराम्रो मानिन्छ ।

अनस्याचुरेटेड बोसो

अनस्याचुरेटेड बोसो शरीरका लागि राम्रो मानिन्छ । चिल्लो पदार्थको स्रोत जुन कोठाको तापक्रममा राख्दा पनि तरल पदार्थ नै हुन्छ त्यसलाई तेल भनिन्छ । वनस्पतिजन्य तेल तोरी, नरिवल, ओलिभ, भटमास र सूर्यमुखी तेल अनस्याचुरेड तेलमा पर्छन् । तिल, चिया सिड, ओखर, बदाम जस्ता खानेकुरा पनि बोसोको राम्रो स्रोत मानिन्छ ।

ट्रान्सफ्याट

अत्यधिक डीप फ्राइ गरेको खाना र तेल दुवैमा ट्रान्स फ्याट हुन्छ, जुन स्वास्थ्यको लागि हानिकारक हुन्छ । यसको प्रयोगले कोलेस्टेरोल बढाउँछ र मुटुमा समस्या निम्त्याउँछ । ट्रान्स फ्याट मासुमा पनि केही मात्रामा हुन्छ । जसको थोरै मात्रामा प्रयोग गर्दा स्वास्थ्यमा खास असर गर्दैन तर धेरै भए मोटोपन मात्र होइन, आन्द्रामा घाउ समेत बनाउन सक्छ ।

‘राम्रो बोसो पनि खराब बन्न सक्छ’

डा. पोखरेल भन्छन्, ‘बोसो राम्रो खालको हामीले खाए पनि खाएपछि व्यायाम वा कसरत नगर्ने हो भने स्वास्थ्य बिग्रिने निश्चित छ । जब हामी उच्च तापक्रममा राम्रो बोसो भएको तेल पकाउँछौं, त्यो खराब बोसोमा परिणत हुन सक्छ ।’ बोसोयुक्त खानेकुरा कति मात्रामा खानुपर्छ र कस्तो तरिकाले खानुपर्छ यसमा ध्यान दिन उनी सुझाउँछन् ।

त्यसो भए शरीरको लागि कति बोसो आवश्यक ?

आहार विशेषज्ञ योगिता सापकोटाका अनुसार नेपालमै कुनै ठोस तथ्यांकले यति बोसो शरीरलाई चाहिन्छ भनेर निकालेको छैन । नेपाल र भारतको हावापानी र रहनसहन मिल्ने भएका कारण त्यहींकै तथ्यांकलाई आधार मानेर हेर्ने गरिन्छ ।

‘शरीरलाई कति बोसो चाहिन्छ ? यो व्यक्तिलाई चाहिने क्यालोरीको मागमा भर पर्छ । श्रम वा शारीरिक गतिविधिको हिसाबले शरीरले बोसो माग गर्छ,’ उनी भन्छिन्, ‘एक व्यक्ति जसले दिनमा हल्का काम मात्र हुन्छ भने २५ ग्राम मात्र मूर्त बोसो आवश्यक हुन्छ । त्यस्तै मध्यम खालको काम गर्नेका लागि ३० ग्राम र भारी तौल उठाउने काम गर्नेका लागि प्रतिदिन ४० ग्राम बोसोयुक्त खानेकुराको आवश्यकता हुन्छ ।’

सामान्यतया स्वस्थ वयस्क व्यक्तिका लागि प्रतिदिन १५ देखि ३५ प्रतिशत बोसो चाहिन्छ । स्याचुरेटेड फ्याट कुल फ्याटको १० प्रतिशतभन्दा कम, पोलिअनस्याचुरेटेड फ्याटी एसिड ६–१० प्रतिशत, ट्रान्स फ्याट प्रतिदिन एक प्रतिशतभन्दा कम हुनुपर्ने उनी बताउँछिन् ।

प्रकाशित मितिः २०८० कार्तिक १६ बिहिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション