काठमाडौ । जोनसन एन्ड जोनसनको १५ लाख डोज कोरोनाविरूद्धको खोप नेपाल आइपुगेको छ । अमेरिकाले उपहारस्वरूप उपलब्ध गराएको १५ लाख डोज खोप काठमाडौँ आइपुगेको हो ।
जोनसन एन्ड जोनसन खोप एक डोज मात्र लगाए मात्र पुग्नेछ । अन्य खोप भने दुई डोज लगाउनुपर्छ । नेपालमा यसअघि कोभिसिल्ड र भेरोसेल खोप लगाइएको थियो ।
कतार एयरवेजको उडानमार्फत्ल्या इएको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी राजदूत र्यान्डी बेरीले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री कृष्णगोपाल श्रेष्ठलाई हस्तान्तरण गरे ।
अमेरिकाले अनुदानमा दिएको खोप प्राथमिकताका आधारमा ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकलाई लगाउने तयारी रहेको उनले बताए ।
अमेरिकाले कोभ्याक्स कार्यक्रममार्फत १५ लाख डोज खोप नेपाललाई उपलब्ध गराएको हो । नेपालका लागि अमेरिकी राजदूत बेरीले अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार आठ सय ५० मात्रा खोप उपहारस्वरुप प्रदान गरेको जानकारी दिए ।
प्रकाशित मितिः २०७८ असार २८ सोमबार
Comments