भक्तपुर । सुर्यबिनायक नगरपालिका–८ को वडा कार्यालय परिसरमा बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
सुर्यबिनायक नगरपालिका वडा नं ८ को आयोजना, भक्तपुर ईन्टरनेशनल अस्पतालको प्राबिधिक सहयोग तथा, नेपाल रेडक्रस सोसाइटी सिपाडोल उप–शाखा र तौडोलछाप साकोसको समन्वय र सहयोगमा बृहत स्वास्थ्य शिबिर सम्पन्न भएको हो ।
उक्त शिविरमा जनरल फिजिसियन, हाडजोर्नी तथा नशा रोग, मुटुरोग, स्त्रीरोग, नाक, कान र घाँटी रोग तथा आँखा, दन्त, फिजियो जाँच गरिएको थियो ।
उक्त स्वास्थ्य शिविरहरुमा १४४ जनाको स्वास्थ्य परिक्षण गरिएको अस्पतालका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठले जानकारी दिए । बिरामीहरुलाई आबश्यक औषधी पनि वितरण गरिएको थियो । शिविरबाट अस्पताल जानु पर्ने बिरामीको लागि बिशेष छुटको व्यबस्था गरेको छ ।
यसैगरी, अस्पतालद्वारा वडाध्यक्ष किरण थापामार्फत सिपाडोल स्वास्थ्य चौकीका प्रमुख सुशील घिमिरेलाई अत्यावश्यक ओैषधिहरु बितरण गरिएको थियो ।
अस्पतालले भक्तपुरका सबै नगरपालिकाका वडाहरुमा वडा कार्यालयको समन्वयमा शिविर सञ्चालन गर्नेछ । आगामी साउन २ गते सुर्यबिनायक नगरपालिका–३ बालकोटमा शिविर सञ्चालन गर्ने अस्पतालका अध्यक्ष श्रेष्ठले बताए ।
प्रकाशित मितिः २०७८ असार २८ सोमबार
Comments