काठमाडौं । लगनखेलस्थित मानसिक रोग अस्पतालका साइक्याट्रिक डा सुदीप अर्याल मृत अवस्थामा फेला परेका छन्।
घरबाट अस्पताल जान्छु भनी निस्किएका अर्यालले अस्पतालमा पनि आउँदिन भनी खबर गरेको प्रहरीले जानकारी दिएको छ।
दिउँसो उनी बुढानीलकण्ठस्थित एक होटलमा मृत भेटिएका थिए। उनको मृत्युको कारण खुल्न नसकेको काठमाडौँ प्रहरीले जानकारी दिएको छ।
अर्याल केही महिनाअघिमात्र नवौँ तहमा बढुवा भएर मानसिक अस्पतालमा सरुवा भएका थिए। उनले मानसिक रोगमा एमडी गरेका थिए।
प्रकाशित मितिः २०७८ असार २८ सोमबार
Comments