काठमाडौं । कोरोनाको कहर बढिरहेको बेलामा मानिसहरू शारीरिकका साथै मानसिक तनाव पनि खेपिरहेका छन् । भाइरस संक्रमित हुने डरले कतिपयलाई त राम्रो निद्रा पनि लागेको छैन । अनिद्राको समस्या छ भने केराको चिया पिउने सल्लाह दिइन्छ ।
केराको पनि चिया बन्छ र ? बन्छ नि !
यसरी बनाउनुस् :
पानी दुई कप
पाकेको केरा एक (बोक्रा निकालेको र काटेको)
अलिकति मह
दालचिनीको धूलो अलिकति
विधि
पहिला प्यानमा पानी उमाल्नुस् ।
त्यसमा केरा राखेर फेरि १० मिनेट उमाल्नुस् ।
अब त्यसलाई छानेर कपमा राख्नुस् ।
अब यसमा मह र दालचिनी राख्नुस् र पिउनुुस् ।
सुत्नुअघि एक कप केरा चिया पिउनुभयो भने राम्रो निद्रा लाग्छ ।
यस्ता छन् यसका फाइदा
राम्रो निद्रा
यसमा ट्रिप्टोफ्यान नामक अमिनो एसिड हुन्छ । यसले सेरोटोनिन र मेलाटोनिन जस्ता हर्मोनलाई सक्रिय गरी राम्रो निद्रा ल्याउन सहायता गर्छ । यसले दिमाग शान्त पारेर तनाव घटाउन मद्दत गर्छ । दिमाग शान्त हुँदा निद्रा आउँछ ।
इम्युनिटी बलियो
केराको चिया पिउँदा शरीरको रोगप्रतिरोधक क्षमता बढ्छ । अनि कोरोनाभाइरस र अन्य रोगहरू लाग्न पाउँदैनन् ।
मोटोपन भाग्छ
केरामा प्राकृतिक चिनी र कार्बोहाइड्रेट भरपूर हुन्छन् । चिया बनाउँदा त्यो चिनी पानीमा मिसिन्छ र यसले तौल सही राख्छ ।
मुटुलाई फाइदा
केरामा म्याग्नेसियम, पोटेसियम लगायतका तत्त्व हुने भएकाले उच्च रक्तचाप हुन पाउँदैन । अनि यसमा भएको क्याटेचिन नामक एन्टीअक्सिडेन्टले मुटु स्वस्थ राख्छ । हृदयघात, स्ट्रोक र अन्य मुटुरोग लाग्न पाउँदैन ।
डिप्रेसनबाट मुक्ति
आजकल धेरै मानिस डिप्रेसनको शिकार बनिरहेका छन् । यस्तो अवस्थामा सुत्नुअघि केराको चिया पिउँदा डोपामाइन र सेरोटोनिनले मूड नियन्त्रण गर्ने हर्मोनलाई बढाउँछ । एजेन्सी
प्रकाशित मितिः २०७८ बैशाख १० शुक्रबार
Comments