काठमाडौं । दैनिक एक कप कालो कफीको सेवनले हार्ट फेल हुने जोखिमलाई कम गर्ने अध्ययनले देखाएको छ ।
अमेरिकन हार्ट एसोसिएसन जर्नलमा प्रकाशित रिपोर्टका अनुसार २१ हजार व्यक्तिमा गरेको अनुसन्धानले दैनिक एक कप कालो कफीको सेवनले हार्ट फेल हुने जोखिमलाई १२ प्रतिशतले कम गर्नसक्छ । अनुसन्धानका अनुसार कफीमा हुने एन्टिअक्सिडन्टहरूले शरीरमा हुने सुजनलाई इन्फ्लामेसन वा सुन्निने समस्या कम गर्छ, जसले भविष्यमा हार्ट फेल हुने जोखिमलाई कम गर्छ ।
अनुसन्धानमा संलग्न भएका कोलोराडो स्कुल अफ मेडिसिनका प्रो डेभिड काओका अनुसार धेरै व्यक्तिले कफी र क्याफिनको सेवनले रक्तचाप बढाउने हुँदा यसको सेवन हृदयको लागि खराब हुन्छ । तर, नयाँ अनुसन्धानले कफीको सेवनले हार्ट फेल हुने जोखिमलाई कम गर्ने देखाइको छ । साथै, हार्ट फेल हुने खतरालाइ कम गर्नका लागि धुम्रपानबाट टाढा रहनु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ ।
अमेरिकी वैज्ञानिकहरूले १० वर्षसम्म लगाएर अध्ययन पूरा गरेका छन् । २१ हजार व्यक्तिलाई समावेश गरिएको अनुसन्धानमा दैनिक एकदेखि चार कपसम्म कफी पिउँदा के–कस्तो प्रभाव देखाउँछ भनेर हेरिएको थियो । अमेरिकन कलेज अफ कार्डियोलोजीको अनुसन्धानले दैनिक तीन कपसम्म कफी पिउँदा मुटुको धड्कन बढ्ने खतरा १३ प्रतिशतले कम हुन्छ ।
कफीको सेवनले प्रोस्टेट क्यान्सरको जोखिम दस प्रतिशतले घट्ने चीन मेडिकल युनिभर्सिटीको अनुसन्धानमा दाबी गरिएको छ । चिनियाँ अन्वेषकहरूका अनुसार क्यान्सर भएका मानिसले कफीको सेवन गर्दा क्यान्सर निको हुने दरमा १६ प्रतिशतले सुधार हुन्छ । पहिलेका केही अनुसन्धानले कफीको सेवनले कलेजो, स्तन र आन्द्राको क्यान्सरको जोखिम कम गर्न सक्छ भन्ने प्रमाणित गरिसकेको छ ।
प्रकाशित मितिः २०७८ बैशाख ०४ शनिबार
Comments