काठमाडौं । नेपालमा एकै दिन थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपालमा आज ४ हजार १ सय ५४ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ९७ हजार ९ पुगेको छ । आज देशभर ४ हजार ४ सय ३४ जना सक्रिय संक्रमित र २ सय ३७ जना व्यक्ति क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मितिः २०७७ पौष २९ बुधबार
Comments