काठमाडौं । नुवाकोटमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलकोटगढी नगरपालिका ४ डाँडाखर्क बस्ने ७० वर्षीय वृद्ध केदार बहादुर बासकोटा छन् ।
प्रहरी चौकी झिल्टुङ तिनपित्लेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित मितिः २०७७ मंसिर २९ सोमबार
Comments