काठमाडौं । सम्झौता अनुसार काम गर्न नसकेको भन्दै निर्माण कम्पनी तथा आपूर्तिकर्ता तीनवटा फर्मलाई सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले एक वर्षका लागि कालोसूचीमा राखेको छ । निर्माण कम्पनी तथा आपूर्तिकर्ता कम्पनीलाई अनुगमन कार्यालयको मंगलबार बसेको बैठकले सार्वजनिक खरिद ऐन, ०६३ को उपदफा ९१० बमोजिम कालोसूचीमा राख्ने निर्णय गरेको हो ।
नेपाली सेना, संभाररथीको कार्यालय, संभाररथी विभाग, जंगी अड्डा काठमाडौंको सिफारिसमा साई इम्पेक्स इण्डिया र एसकेडिएम इन्टरनेशनल प्राइभेट लिमिटेड बुढानिलकण्ठलाई कालोसूचीमा राखिएको अनुगमन कार्यालयले जनाएको छ ।
त्यस्तै, शहरी विकास तथा भवन निर्माण कार्यालय, लुम्बिनी प्रदेश बाँकेको सिफारिसमा राजवंशी निर्माण सेवा, मगरागढी बर्दियालाई कालोसूचीमा राखिएको छ । नेपाल विद्युत प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालय, धनकुटा वितरण केन्द्रको सिफारिसमा विराटनगरको साइनो छापाखानालाई पनि कालोसूचीमा राखिएको छ ।
यसरी कालोसूचीमा राखिएका कम्पनीहरूले तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।
प्रकाशित मितिः २०७७ मंसिर २५ बिहिबार
Comments