काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा थप ५४९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख २८ हजार १६४ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ४८ हजारभन्दा बढी संक्रमित भएका छन् ।
थप ४८ हजार २८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८६ लाख ८४ हजार ३९ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ८० लाख ६४ हजार ५४८ जना संक्रमणमुक्त भएका छन् ।
प्रकाशित मितिः २०७७ कार्तिक २७ बिहिबार
Comments