काठमाडौं । काठमाडौं उपत्यकामा आज थप १ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज ५७० जना महिला र ७६८ पुरुष गरी कूल १ हजार ३३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
काठमाडौंमा १ हजार ३० जना, भक्तपुरमा १२१ जना र ललितपुरमा १८७ जनामा संक्रमण देखिएको हो । यसैगरी, हालसम्म काठमाडौंमा २६२ जना, भक्तपुरमा ६९ जना र ललितपुरमा ६६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा १५ हजार १, भक्तपुरमा १ हजार २४२ र ललितपुरमा २ हजार २२६ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ५४ हजार २१६ जना, भक्तपुरमा ५ हजार ४२ जना र ललितपुरमा ७ हजार ५५८ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
हालसम्म काठमाडौंमा ६९ हजार ४७९ जना, भक्तपुरमा ६ हजार ३५३ जना र ललितपुरमा ९ हजार ८५० जना कोरोना संक्रमित रहेका छन् ।
प्रकाशित मितिः २०७७ कार्तिक २१ शुक्रबार
Comments