भक्तपुर। भक्तपुरमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । भक्तपुर अस्पतालमा उपचाररत कैलालीकी एक कोरोना संक्रमित महिलाको आज बिहान मृत्यु भएको छ ।
कैलालीको गौरीगंगा नगरपालिका–४ निवासी २८ वर्षीय महिलाको उपचारका क्रममा आज बिहान ७ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । कार्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएसंगै उपचारको लागि अस्पतालमा भर्ना भएकी थिइन् ।
प्रकाशित मितिः २०७७ कार्तिक १३ बिहिबार
Comments