काठमाडौं । नेपाल चिकित्सिक संघले कोभिड–१९ को संक्रमण समुदायमा प्रवेश गरी भयावह स्थिति सिर्जना हुन गएको भन्दै चिन्ता व्यक्त गरेको छ ।
संघले एक विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यका लगायत देशभरी संक्रमित बिरामीहरुको उपचारका लागि अस्पतालहरुमा बेड, आइसियू तथा भेन्टीलेटर, अक्सिजन र रेम्डिसिभिर लगायतका अत्यावश्यक औषधीहरुको अभावका कारण संक्रमितहरु सडकमा भौतारिन बाध्य भएको करुणादायी वेदनाले संघ स्तब्ध भएको उल्लेख छ।
संघले ननकोभिडका बिरामीहरुले उपचार गराउन समेत कठिनाई उत्पन्न भइरहेको गम्भीर परिस्थितिप्रति सरकार संवेदनशील हुन र अबिलम्ब प्रभावकारी कदम उठाई संक्रमणको नियन्त्रण गर्न जरुरी भइसकेको औंल्याएको छ ।
प्रकाशित मितिः २०७७ कार्तिक १ शनिबार
Comments