काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार ३२९ थियो ।नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या १५ हजार ७७९ रहेको छ ।
कहाँ कति थपिए ? ( स्वास्थ्य मन्त्रालयको विस्तृत विवरण)
प्रकाशित मितिः २०७७ भदौ ३० मंगलबार
Comments