काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार १३४ जनामा कोरोना संक्रमित थपिएका छन् । योसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमित हुनेको संख्या १३१४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौंमा ११०, ललितपुरमा १६ र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा काठमाडौँका २८, भक्तपुरका ४ र ललितपुरका १ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परिक्षणमा भक्तपुरका २ र काठमाडौँका २० जना, पाटन अस्पतालमा गरिएको परिक्षणमा काठमाडौँका ८ र ललितपुरका ८ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै वीर अस्पतालमा गरिएको परिक्षणमा काठमाडौँका ३ जना, त्रिवि शिक्षण अस्पतालमा गरिएको परिक्षणमा भक्तपुरका १, काठमाडौँका १३ र ललितपुरका १ जना, नेपाल प्रहरी अस्पतालमा गरिएको परिक्षणमा काठमाडौँका ५ जना, स्टार अस्पतालमा गरिएको परिक्षणमा काठमाडौँका १४ र ललितपुरका १ जनामा संक्रमण पुष्टि भएको छ।
यसैगरि विध ल्याबमा गरिएको परिक्षणमा काठमाडौँका २ र ललितपुरका २ जना, काठमाडौँ मेडिकल कलेज सिनामंगलमा गरिएको परिक्षणमा काठमाडौँका २ जना, ह्याम्स अस्पतालमा गरिएको परिक्षणमा काठमाडौँका ८ र ललितपुरका १ जना, नेपाल–कोरिया मैत्री अस्पतालमा गरिएको परिक्षणमा भक्तपुरका १ र काठमाडौँका ४ जनामा संक्रमण पुष्टि भएको हो।
वीरेन्द्र अस्पतालमा गरिएको परिक्षणमा काठमाडौँका ३ जना र भेरी अस्पताल प्रयोगशाला नेपालगंजमा गरिएको परिक्षणमा ललितपुरका २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
प्रकाशित मितिः २०७७ साउन २७ मंगलबार
Comments