काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ६३८ जनामा कोरोनाभाइरस संक्रमण भएको जानकारी दिएको छ । मंगलबार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ६३८ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिए। योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २३ हजार ९ सय ४८ जना पुगेको छ ।
मंगलबारसम्म ११ हजार ५८ जना क्वारेन्टाइनमा रहेका छन् भने ७ हजार २ सय १ जना आइसोलेसनमा रहेका छन् । पछिल्लो २४ घण्टामा १० हजार ४ सय ६२ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल ४ लाख ६२ हजार ६९८ नमूनाको पिसीआर परीक्षण सम्पन्न भएको छ ।
प्रकाशित मितिः २०७७ साउन २७ मंगलबार
Comments