काठमाडौं । सरकारले आन्तरिक तथा बाह्य व्यावसायिक उडानमा भदौ अन्त्यसम्म रोक लगाउने निर्णय गरेको छ । साथै लामो दूरीका सवारी साधन पनि भदौ मसान्तसम्म रोक लगाउने निर्णय सरकारले गरेको छ ।
सोमवार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले हवाई उडानमा भदौ मसान्तसम्म प्रतिबन्ध थप्ने निर्णय गरेको हो । कोरोना भाइरसको जोखिम बढेर गएसँगै आइतबार कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) को बैठकले आगामि भदौ १५ गते सम्म स्थगन गर्न मन्त्रिपरिषदमा प्रस्ताव गरेको थियो । भदौ १ देखि आन्तरिक तथा बाह्य हवाई उडान, शिक्षण संस्था र लामोदूरीका यातायात संञ्चालन गर्नको लागि गत साउन ५ गते बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको गरेको थियो । तर साउन ७ देखि लकडाउन खुला गरे सँगै कोरोना भाइरस को संक्रमण र जोखिममा बृद्धि हुदैं गएको भन्दै भदौ १५ सम्म रोक लगाउन सीसीएमसीलाई प्रस्ताव गरेको थियो सोही प्रस्ताव सोमबार बसेको मन्त्रिपरिषदले अनुमोदन गरेको हो ।
सोमबारनै उपत्यकाका स्थानीय तहहरुले भदौ १५ सम्म सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउन सरकारसँग माग गरेका थिए । नगरपालिका फोरमले कोरोना संक्रमण बढेको भन्दै सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउन र अन्य सवारीको हकमा भने जोरविजोर प्रणाली लागू गर्न माग गरेको थियो । नगरपालिकाहरुले नाकामा कडाइ अत्यावश्यक बाहेकका दिने सेवा आगामि तीन हप्ताका लागि बन्द गर्ने सरकार सँग माग गर्ने निर्णय गरेको छ ।
सरकारले कारेनोना भाइरस संक्रमण नियन्त्रण गर्नको लागि चैत ११ बाट लकडान गर्ने निर्णय गरेसँगै अन्तर्राष्ट्रिय उडानमा चैत ९ देखि र आन्तरिक उडानमा चैत ११ बाट व्यवसायिक उडानमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । यता यातायतामा भने सरकारले छोटोदूरीमा असार २६ गते नैे खुला गरेको भएपनि व्यवसायीहरुले साउन ८ बाट सञ्चालनमा ल्याएका थिए ।
प्रकाशित मितिः २०७७ साउन २७ मंगलबार
Comments