भक्तपुर । कोभिड १९ रोगको संक्रमण विषम परिस्थितिमा भक्तपुर नगरपालिकाको सातौं नगरसभाले जनप्रतिनिधि र कर्मचारीको भत्तामा कटौती गर्ने जनाएको छ । कोभिड १९ रोगको संक्रमण विषम परिस्थितिलाई मध्यनजर गर्दै जनप्रतिनीधि र कर्मचारीहरुको भ्रमण , खाजा र पोशाक भत्तामा कटौती गर्ने जनाएको हो ।
नगरपालिकाको ७औ नगरसभाको आर्थिक बर्ष २०७७/७८ को बजेत प्रस्तुत गर्दै उपप्रमुख रजनी जोशीले जनप्रतिनिधिहरु को यस आर्थिक बर्षमा नगरपालिकाको खर्चमा विदेश भ्रमण नगर्ने समेत जनाइएको छ ।
यसरी बिभिन्न शिर्षकमा भत्ता कटौती गर्दा नगपालिकाको चालू खर्च मा रु एक करोड २६ लाख रुपैया बचत हुने उपप्रमुख जोशीले वताईन । नगरपालिकाले आर्थिक बर्ष २०७७/७८ का लागि प्रकोप व्यवस्थपन कोष का लागि ५० लाख रुपैया बजेत छुटाएको उनले जानकारी दिइन् ।
कोभिड १९ कारण नगरवासीमा अर्थिक भार कम गर्न यस बर्ष अधिकांश शिर्षकको कर यथावत राखिएता पनि बिभिन्न शिर्षकमा नगरवासीको आर्थिक अवस्थालाई मध्यनजर गर्दै करमा सहुलियत तथा छुट दिने समेत निर्णय गरेको उनले नगरसभामा जानकारी दिइन् । नगरपालिकाले आर्थिक बर्ष २०७७/७८ का लागि एक अर्व ८२ करोड ४० लाख बजेट विनियोजन गरेको छ ।
प्रकाशित मितिः२०७७ असार १० बुधबार
Comments