काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमको बुधबार साँझ बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा १० रुपैयाँले घटाउने निर्णय गरेको हो ।
बुधबार राति १२ बजेबाट लागू हुने गरी मूल्य घटाएपछि उपत्यकामा अब पेट्रोल ९६ र डिजेल तथा मट्टितेल ८५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।
आन्तरिक उडान तर्फको हवाई ईन्धन प्रतिलिटर १५ रुपैयाँले घटेर ७५ रुपैयाँ प्रतिलिटर मूल्य कायम भएको छ । यस्तै बाह्यतर्फ हवाई इन्धनको प्रतिलिटर मूल्य भने अमेरिकी डलर ०.९५ प्रतिलिटर कायम गरिएको निगमले जनाएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ ।
प्रकाशित मितिः२०७६ चैत्र २० बिहिबार
Comments