भक्तपुर । सूर्यविनायक चोकमा डिउटीमा रहेका एक प्रहरी हवल्दारमाथि चक्कु प्रहार भएको छ । मंगलबार गुलेली र चक्कु बोकेर आएका रामेछापको दोरम्बा–५ घर भई हाल सूर्यबिनायक बस्ने २८ वर्षीय नबिन तामाङले सुर्यबिनायक चोकमा आतंक मच्चाउन खोजेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्दा उनले प्रहरीमाथि चक्कु हानेका थिए ।
चक्कु प्रहारबाट महानगरीय प्रहरी वृत जगातीमा कार्यरत प्रहरी हवल्दार केशरसिह रावतको गालामा चोट लागेको महानगरीय प्रहरी वृत जगातीका डिएसपी चक्रराज जोशीले जानकारी दिएका छन् । उनको अवस्था सामान्य रहेको डिएसपी जोशीले बताए ।
डिएसपी जोशीका अनुसार तामाङको मानसिक अवस्था खराब जस्तो देखिएको र गुलेली र चक्कु सहित प्रहरीले नियन्त्रणमा लिएर हाल आफन्तलाई बुझाइएको छ ।
प्रकाशित मितिः२०७६ चैत्र १८ मंगलबार
Comments