काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । सहकारी ठगी प्रकरणमा आफ्नो माग पूरा नभएसम्म अवरोध जारी राख्ने अडान लिएर आन्दोलित प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तारुढ दलहरूबीच सहमति नहुँदा शुक्रबार बस्दै नबसी संसद् बैठक स्थगित भएको हो ।
बिहीबार सत्ता र प्रतिपक्षी सांसदहरूबीच घमासान भएपछि शुक्रबार बिहान ११ बजेसम्मलाई बैठक स्थगित भएको थियो । तर शुक्रबार बिहान ११ बजे पनि बस्न नसकेको बैठक २ बजेसम्मलाई धकेलिएको थियो ।
कांग्रेसले अवरोध गरिरहने अडान यथावत राखेपछि प्रतिनिधि सभाको अर्को बैठक आइतबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको हो । बैठक सञ्चालनबारे शुक्रबार मध्यान्ह सभामुख घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहालबीच छलफल भएपछि दलहरुबीच सहमति जुटाउने र त्यसपछि मात्रै बैठक सञ्चालन गर्ने भन्दै बैठक स्थगित गरिएको हो ।
प्रकाशित मितिः २०८१ जेठ ०३ शुक्रबार
Comments