मोरङ । पथरी शनिश्चरे–६ शान्ति चोकमा बिहीबार बेलुकी करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ३९ वर्षीय मन बहादुर वि.क. रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
आफ्नै भान्साघरमा बिजुली बत्ती मर्मत गरिरहेका मन बहादुरलाई एक्कासी करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।
प्रकाशित मितिः २०७६ चैत्र ०७ शुक्रबार
Comments