काठमाडौं । पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको मनोहराफाँटस्थित निवासमा बम विस्फोट गराएको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा कैलाली स्थायी घर भएका लक्ष्मण सेठी, अमृत कुमाल र कालिकोटका टेक लोहार रहेका छन् ।
उनीहरुलाई राजधानीको विभिन्न स्थानबाट पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ । उनीहरुलाई अहिले टेकुमा राखिएको छ ।
गत फागुन २८ गते पूर्व सूचना तथा सञ्चार प्रविधिमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट भएको थियो । विस्फोटबाट बाँस्कोटाको निवाससँगै उनका छिमेकीको घरमा समेत क्षति पुगेको थियो ।
प्रकाशित मितिः २०७६ चैत्र ०७ शुक्रबार
Comments